प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल « Khabarhub

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्ने बताएका छन् । ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व हो ।”

उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका निम्ति स्वदेशमै उत्पादनशील रोजगारीको अवस्था सिर्जना गरी हरेक नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने शिक्षा प्रदानमा विशेष ध्यान दिनुपर्ने बताए ।

“शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो, त्यसैले शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउन सघाउने हुनुपर्छ, नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा र जीवन पद्धतिले समृद्ध देश हो, हामीले दिने शिक्षाले देशको यो भिन्नतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु सम्भव छ”, राष्ट्रपति पौडेलले भने ।

कुनै पनि शैक्षिक संस्थाका लागि निरन्तरता, प्रतिबद्धता, सेवा र योगदानको इतिहास भएको बताउँदै राष्ट्रपति पौडेलले ज्ञानको उज्यालो ज्योति छर्ने जेभियर्स स्कुलको जीवन्तयात्रा, अनुशासन, संस्कार, सेवा, जिम्मेवारी र मानवीय मूल्यलाई शिक्षाको एक अभिन्न अङ्गका रूपमा अघि बढाएको एउटा गौरवमय इतिहास रहेको बताए । नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उनले यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको योगदान उत्तिकै अनुकरणीय रहेको बताए ।

शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन भन्दै राष्ट्रपति पौडेलले परिवर्तनशील समयसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याए ।

“सूचना प्रविधिको द्रुत विकास भएको आधुनिक युगमा हामी कस्तो राष्ट्र नेपाल निर्माण गर्न चाहन्छौँ र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर पनि हाम्रो शैक्षिक प्रणालीले पहिल्याउनुपर्छ”, उनले भने । आगामी दिनमा यस स्कुलले शिक्षाका माध्यमबाट नागरिकको सर्वाङ्गीण विकास र राष्ट्र निर्माणमा अझ प्रभावकारी ढङ्गले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ५ : २७ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२