विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् ।

विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय, हेटौँडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।

उनले प्राधिकरणको नेतृत्व उत्कृष्टताको आधारमा अघि बढिरहेको उल्लेख गर्दै विपद्का समयमा समेत विद्युत सेवा पुनः सञ्चालन गर्न कर्मचारीले गरेको कामको प्रशंसा गरे । सेवा सुधारका प्रयास सकारात्मक रहे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले मौसमी खराबीका कारण विद्युत् अवरुद्ध वा ट्रिपिङ हुँदा ग्राहकलाई समयमै सही सूचना प्रवाह गर्न तथा वितरण कार्यालयले तत्काल समस्या सम्बोधन गरी नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने बताए ।

हेटौँडा औद्योगिक क्षेत्रबाट ४० मेगावाटसम्म विद्युत्को प्रारम्भिक माग आएको उल्लेख गर्दै उनले त्यसका लागि पूर्वतयारी गर्न र विद्युत् बक्यौता असुलीमा कडाइ गर्न निर्देशन दिए ।

हेटौँडा डिभिजन पूर्व–पश्चिम विद्युत् आदानप्रदानको प्रमुख हब तथा नेपालको ऊर्जा मेरुदण्ड बन्दै गएकाले सोहीअनुसार संरचनागत तयारी गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ५ : ४४ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित