इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित « Khabarhub

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ इन्धनको अभाव हुन थालेको छ । जसका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक तथा सङ्घीय, प्रादेशिक र स्थानीय तहका विकास निर्माण योजनाका काम प्रभावित भएको छ।

 मुस्ताङमा असोज ८ गतेखि ११ गतेसम्मको भारी वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो र नदी कटानका कारण कोरला नाकालाई जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग ६ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । सडक अवरुद्धका मुस्ताङमा इन्धन ढुवानीमा बाधा पुगेसँगै सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका विकास आयोजना प्रभावित बन्न थालेका हुन् ।

म्याग्दी–मुस्ताङको सिमाना थासाङ गाउँपालिका–४ घाँसामा एक डिजेल पेट्रोल पम्प सञ्चालनमा छ । त्यहाँ इन्धन सञ्चित मात्रा सकिदै जान थालेको छ । बाढीपहिरो र नदी कटानले अवरुद्ध बेनी–जोमसोम सडकमार्ग मर्मतका लागि घाँसास्थित पेट्रोल पम्ममा जम्मा ७०० लिटर मात्रै डिजेल प्राप्त हुन सकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । 

म्याग्दीको गलेश्वर र तातोपानीबाट दुईतर्फी रूपमा सडक मर्मत गर्ने प्रयास भइरहेको भए पनि पर्याप्त इन्धनको व्यवस्था हुन नसक्दा समस्या पर्ने गरेको आयोजना प्रमुख शर्माले बताए ।

एक साता बढीको बेनी–जोमसोम सडक अवरुद्धका कारण निर्माण व्यवसायीले सञ्चित गरेको डिजेल सकिँदै गइरहेकाले विकास निर्माणका काम अघि बढाउन समस्या परेको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख रविन चोख्यालका अनुसार लामो समय सडक अवरुद्ध निर्माण सामग्री तथा इन्धनको आपूर्ति हुन नसकेकाले विकास निर्माण कार्यमा बाधा पुगेको छ । 

निर्माण व्यवसायीले आवश्यकताअनुसार निर्माण सामग्री तथा इन्धनको जोहो गर्ने गरिएकोमा व्यवस्थापन गरिएको इन्धन सकिँदै जान थालेकाले विकास योजना प्रभावित बन्न थालेको प्रमुख चोख्यालको भनाइ छ ।

थासाङ गाउँपालिकास्थित गुरुसाङ्वो निर्माण कन्ट्रक्सनका निर्माण व्यवसायी नविन शेरचनले एक साताअघि देखिको सडक अवरुद्ध तथा भारी वर्षाका कारण इन्धनको ढुवानी हुन नपाएकाले मुस्ताङमा विकास निर्माणका काम अलपत्र परेको बताए । थासाङमा आफूलगायत दर्जनौँ निर्माण व्यवसायीको उपकरण इन्धन अभावले गर्दा सञ्चालनमा ल्याउन नसक्ने अवस्था रहेको निर्माण व्यवसायी शेरचनको भनाइ छ ।

 मुस्ताङमा बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै पेट्रोलको समेत अभाव हुन थालेको छ । मुस्ताङमा पोखराबाट ब्यारेलमा ढुवानी गरी मिनरल वाटरको बोतलमा बिक्री गर्ने प्रचलन रहेको भए पनि ब्यारेलमा पेट्रोल ढुवानी गरी बिक्री गर्ने पसलमा पेट्रोल पाइप छोडेको छ ।

सडक अवरुद्धले इन्धन ढुवानीमा रोकिएपछि मुस्ताङमा पेट्रोलियम पदार्थको कालोबजारीसमेत सुरु हुन थालेको छ । सामान्य अवस्थामा रु २२५ मा प्रतिलिटर पर्ने पेट्रोल व्यापारीले इन्धन अभावको मौका छोपी बढी मूल्यमा बिक्री गर्न थालेको पाइएको छ ।

यसैगरी इन्धनको अभावसँगै मुस्ताङमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यसमेत वृद्धि हुँदा सर्वसाधारण नागरिक समस्यामा पर्दै आएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ७ : ४७ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले