तमोर नदीमा बगेर एक किशोर बेपत्ता « Khabarhub

तमोर नदीमा बगेर एक किशोर बेपत्ता


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् । सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता भएका हुन् ।

पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थायी ठेगाना भई तेह्रथुमको म्याङलुङमा बसोबास गर्दै आएका दिलीप सम्बाहाम्फेका १६ वर्षीय छोरा डिप्लक आज साथीहरूसँग नुहाउन भनि तमोर नदी गएका थिए । नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका उनका साथीले बताएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली परिचालन गरी बेपत्ता किशोरको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ८ : २९ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको