लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग « Khabarhub

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको राहतका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ । समितिका उपाध्यक्ष तारा भट्टराईको नेतृत्वमा सङ्कलित उक्त रकम बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरिएको हो ।

सङ्कलित उक्त रकम राजदूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले जानकारी दिए । कार्यवाहक राजदूत दुवाडीले विपद्का बेला प्रवासमा रहेका नेपाली समुदायले मातृभूमिप्रति देखाएको सहयोग र सद्भाव महत्त्वपूर्ण रहेको बताएका थिए । उनले बाढीपहिरोजस्ता विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्राप्त सहयोगले ठूलो अर्थ राख्ने बताएका थिए ।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तारा भट्टराईले नेपालमा विपद्का कारण नागरिक समस्यामा परेकाबेला मन्दिरकोतर्पmबाट थोरै भए पनि सहयोग गर्ने उद्देश्यले उक्त रकम सङ्कलन गरिएको बताए ।

उक्त रकम जनैपूर्णिमा, कृष्णजन्माष्टमी र हरितालिका पर्व (तीज)का अवसरमा मन्दिरमा आएका नेपाली तथा विदेशी भक्तजनबाट प्राप्त दानबाट सङ्कलन गरिएको उपाध्यक्ष भट्टराइले जानकारी दिए । तेइस वर्षअघि स्थापना गरिएको लन्डनस्थित पशुपतिनाथ मन्दिरले नेपालमा बाढीपीडितका लागि पहिलो पटक आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर व्यवस्थापन समितिले बेलायतमा रहेका नेपाली समुदाय र भक्तजनको सहयोगमा धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ८ : ३८ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको