बेगनास तालमा डुबेर युवकको मृत्यु « Khabarhub

बेगनास तालमा डुबेर युवकको मृत्यु


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा आज साँझ एक युवकको डुबेर मृत्यु भएको छ ।

सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका अन्दाजी २४र२५ वर्षीय नरेश विकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार विक तालमा बेपत्ता भएको खबर प्राप्त भएपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा गोताखोरसहित ११ जनाको टोली खोज तथा उद्धारका लागि साँझ ५ः५५ बजे घटनास्थलतर्फ परिचालन भएको थियो ।

गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ ७ः०० बेगनास तालमा खोजी गर्ने क्रममा करिब २५ फिट पानीमुनिबाट विकलाई मृत अवस्थमा उद्धार गरेका थिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ८ : ५७ बजे

बाढीग्रस्त पर्वतको फोर्सेमा सन्नाटा, चाडपर्वले छोएन पीडितलाई (तस्बिर)

बागलुङ– बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई न दसैँले छोयो, न

फूलखेतीले दिलाएको सफलता…

पाल्पा– पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक