ब्राजिलसँग भारतको फराकिलो हार « Khabarhub

ब्राजिलसँग भारतको फराकिलो हार


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई ४–० गोलले पराजित गरेको छ । शनिबार कोलकातास्थित विवेकानन्द युवा भारती क्रिराङ्गनमा भएको खेलमा ब्राजिलले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो ।

ब्राजिलका लागि एस्टेभाओले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ४२औँ मिनेटमा पेड्रोले गोल थपेपछि ब्राजिल पहिलो हाफमा २-० ले अघि रह्यो।

दोस्रो हाफमा पनि ब्राजिलले दबाब कायम राख्यो। ५८औँ मिनेटमा सामुएल लिनोले गोल गर्दै अग्रता ३-० मा पुर्‍याए। त्यसपछि लिनोले नै अर्को गोल थप्दै ब्राजिललाई ४-० को सहज जित दिलाए।

यो भारत र ब्राजिलबीचको पहिलो अन्तर्राष्ट्रिय भेटसमेत थियो। भारतले पाँच पटकको विश्व च्याम्पियन ब्राजिलसँग खेल्ने अवसर पाएको यो खेललाई भारतीय फुटबलका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको थियो।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १० : ०२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका