ब्राजिलसँग भारतको फराकिलो हार « Khabarhub

ब्राजिलसँग भारतको फराकिलो हार


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई ४–० गोलले पराजित गरेको छ । शनिबार कोलकातास्थित विवेकानन्द युवा भारती क्रिराङ्गनमा भएको खेलमा ब्राजिलले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो ।

ब्राजिलका लागि एस्टेभाओले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ४२औँ मिनेटमा पेड्रोले गोल थपेपछि ब्राजिल पहिलो हाफमा २-० ले अघि रह्यो।

दोस्रो हाफमा पनि ब्राजिलले दबाब कायम राख्यो। ५८औँ मिनेटमा सामुएल लिनोले गोल गर्दै अग्रता ३-० मा पुर्‍याए। त्यसपछि लिनोले नै अर्को गोल थप्दै ब्राजिललाई ४-० को सहज जित दिलाए।

यो भारत र ब्राजिलबीचको पहिलो अन्तर्राष्ट्रिय भेटसमेत थियो। भारतले पाँच पटकको विश्व च्याम्पियन ब्राजिलसँग खेल्ने अवसर पाएको यो खेललाई भारतीय फुटबलका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको थियो।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १० : ०२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको