नागढुंगा सुरुङमार्गमा सवारीको चाप (तस्बिर) « Khabarhub

नागढुंगा सुरुङमार्गमा सवारीको चाप (तस्बिर)


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागढुंगा सुरुङमार्ग प्रवेशमा टोल शुल्क संकलन सुरु भएपछि सवारीसाधनको चाप बढेको छ । गत कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल महसुल उठाउन थालिएको हो ।

टोल शुल्क नगद तथा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था भए पनि शुल्क संकलनका क्रममा समय लाग्दा सुरुङमार्गको प्रवेशद्वारमा सवारीसाधनको चाप बढेको हो ।

विशेषगरी टोल शुल्क भुक्तानी र त्यसको प्रक्रिया पूरा गर्न लाग्ने समयका कारण सवारीसाधन लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

टोल शुल्क संकलन प्रक्रियालाई छिटो र सहज बनाउन सके सवारी चाप कम हुनुका साथै यात्रुले भोग्नुपरेको सास्तीसमेत घट्ने देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ९ : २५ बजे

पहिरोले रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध

गुल्मी– पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ । गुल्मीको

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन

कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने

कास्की– पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने

छठअघि सिर्सिया नदी सफाइ अभियान

काठमाडौँ– छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका