कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने « Khabarhub

कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा यही कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशाला टेनिस कम्प्लेक्समा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट गरी ४३ जना खेलाडी सहभागी हुँदैछन् ।

नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा आठदेखि १८ वर्षमुनिका ‘गल्र्स’ तथा ‘ब्वाइज’ खेलाडीले विभिन्न उमेर समूहमा ‘सिङ्गल्स’ र ‘डबल्स’ विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका विजेतालाई आकर्षक उपहार प्रदान गरिनेछ ।

‘राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडीको पहिचान, टेनिस खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो’, प्रतियोगिता संयोजक गुरुङले भने ।

सङ्घले स्थापनाकालदेखि नै जुनियर टेनिस प्रशिक्षण र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । सङ्घका अनुसार तीन वर्षको अवधिमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन् भने केही खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

जुनियर टेनिस प्रशिक्षणलाई व्यवस्थित बनाउँदै विभिन्न विद्यालयमा समेत प्रशिक्षण सञ्चालन गरिरहेको सङ्घले प्रतिभावान् बालबालिकाको पहिचान, गुणस्तरीय प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसरमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको आयोजक गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजन ट्रयाङक्युलिटी स्पाले गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताले जुनियर खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्नुका साथै राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । पोखरामा विभिन्न समयमा हुने टेनिसका प्रतियोगिताले खेलाडीले आफ्नो खेल कौशल प्रदर्शनको अवसर पाउँदै आएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १० : ०२ बजे

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

कर्मचारी तर्साएर कसरी आउँछ सुशासन ?

राज्यको सफलता राजनीतिक नेतृत्वको इच्छाशक्ति र सरकारले घोषणा गर्ने नीतिमा

पहिरोले रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध

गुल्मी– पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ । गुल्मीको

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन