पहिरोले रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध « Khabarhub

पहिरोले रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ । गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका‐४, खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

सडकमा ठूलो ढुङ्गा खसेका कारण स्काभेटर र ब्रेकरको सहायताले मात्र चट्टान फुटाउनुपर्ने अवस्था रहेकाले तत्काल सडक सुचारु गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय गाउँपालिकाले निरन्तर प्रयास गरिरहेका छन् । सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले आज बिहानदेखिनै उक्त स्थानमा स्काभेटर र जेसिभी परिचालन गरिएको बताए ।

उनका अनुसार ठूलो चट्टान भएकाले ब्रेकरको सहायताले चट्टान फोड्ने काम भइरहेको छ । चाडपर्वको समयमा मुख्य सडक नै अवरुद्ध बनेपछि उक्त सडकखण्ड भएर आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

गुल्मीको रुद्रबेणी हुँदै बागलुङको बुर्तिवाङदेखि पूर्वी रुकुम आवजतावत गर्ने उक्त सडक यस क्षेत्रको अत्यन्तै व्यस्त सडकखण्डअन्तर्गत पर्दछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १० : ५६ बजे

अमेरिकी मध्यावधि निर्वाचन : कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

वासिङ्टन– अमेरिकामा कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मङ्गलबार

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

भद्रपुर– मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ ।   प्रधानमन्त्री

मतदाता नामावली अद्यावधिक : तीन हजार ५० को नाम हट्यो

बाँके– मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको

भारत छाड्नुपर्ने दबाबमा रहेका इमरान खानलाई उच्च अदालतबाट राहत, नोटिस कार्यान्वयनमा रोक

काठमाडौं– बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई भारत