वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ « Khabarhub

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका–१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका–२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका–५ का दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका–४ का ३८ राजेश बराम रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिम्खडाले बेलायत (युके) पठाइदिने भन्दै सात लाख ५० हजार, खत्रीले माल्टा पठाइदिने भन्दै छ लाख, तामाङले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै दुई लाख र बरामले सिङ्गापुर पठाइदिने भन्दै १५ लाख ५० हजार रकम लिएका थिए ।

विदेश पठाइदिने भन्दै रकम लिएपछि उनीहरूले पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीले उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका चारै जना माथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ११ : ४७ बजे

अमेरिकी मध्यावधि निर्वाचन : कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

वासिङ्टन– अमेरिकामा कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मङ्गलबार

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

भद्रपुर– मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ ।   प्रधानमन्त्री

मतदाता नामावली अद्यावधिक : तीन हजार ५० को नाम हट्यो

बाँके– मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको

भारत छाड्नुपर्ने दबाबमा रहेका इमरान खानलाई उच्च अदालतबाट राहत, नोटिस कार्यान्वयनमा रोक

काठमाडौं– बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई भारत