खैरहनीमा ८७ किसानलाई तोरीको मूल बीउ वितरण « Khabarhub

खैरहनीमा ८७ किसानलाई तोरीको मूल बीउ वितरण


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– खैरहनी नगरपालिकामा तोरीको गुणस्तरीय बीउ उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ८७ जना किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण गरिएको छ ।

जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को आर्थिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वय, सहकार्य र प्राविधिक सहयोगमा ‘प्रीति’ जातको तोरीको मूल बीउ वितरण गरिएको हो ।
 
खैरहनी नगरपालिकाका कृषि अधिकृत सृजना श्रेष्ठका अनुसार कार्यक्रमका लागि सार्वजनिक सूचना आह्वान गरी तोकिएको मापदण्डका आधारमा नगरपालिकाभित्र रहेको एकमात्र सहकारी संस्था साना किसान कृषि सहकारी संस्था लिमिटेड, खैरहनी–१३ छनोट गरिएको हो । 

उक्त सहकारीमार्फत ८७ जना किसानलाई करिब ५०० केजी तोरीको बीउ वितरण गरिएको उनले जानकारी दिए । उनका अनुसार किसानलाई तोरीको बीउसँगै मल तथा विषादीसमेत वितरण गरिएको छ ।
 
उनले भने, ‘यो कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका जोखिमसँग जुध्न किसानको अनुकूलन क्षमता बढाउनु, गुणस्तरीय बीउ किसानको पहुँचसम्म पुर्‍याउनु र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु हो ।’

उनले भने, ‘यसका साथै खैरहनी नगरपालिकालाई बीउमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य रहेको छ ।’ कार्यक्रमअन्तर्गत छनोट भएको सहकारी संस्थाले किसानबाट प्रोत्साहन रकमसहित बीउ खरिद गर्ने व्यवस्था गरिएको श्रेष्ठले बताए । 

किसानलाई बीउ उत्पादनमा प्रोत्साहित गर्नुका साथै नगरपालिकामा दिगो बीउ उत्पादन प्रणाली विकास हुने अपेक्षा गरिएको उनको भनाइ छ । 

खैरहनी नगरपालिका तोरी उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । नगरपालिकामा गत वर्ष एक हजार ९१२ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा एक हजार २७५ मेट्रिक टन उत्पादन भएको थियो ।

अहिले किसान तोरी लगाउन व्यस्त छन् । यद्यपि, वर्षाका कारण तोरी लगाउन केही समस्या भएको नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १२ : १९ बजे

इरानका सात सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने, के-के हुन सर्त ?

तेहरान- इरानले आफ्ना सातवटै सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी पुनः नखोल्ने

नेपाल प्रहरीको आईजीपीमा डा. मनोजकुमार केसी नियुक्त

काठमाडौँ – सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा.

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी

नयाँदिल्ली-  भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

एजेन्सी– चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ– सात वटा समस्याग्रस्त सहकारीले  १२२ जनाको बचतकर्ताको बचत रकम