काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालविरुद्ध सार्वजनिक जग्गा छूट दर्ता गराएको आरोपमा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्बाट निर्णय गराई विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गराएको विषयमा अनियमितता भएको दाबीसहित नेपालविरुद्ध मुद्दा पेस गरेको हो।
अख्तियारले सार्वजनिक जग्गा व्यक्तिका नाममा छुट दर्ता गराउने प्रक्रियामा कैफियत देखिएको भन्दै मुद्दा अघि बढाएको हो। हाल विशेष अदालतमा मुद्दा रुजु हुने क्रममा रहेको छ।
यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।














प्रतिक्रिया