भेरी अस्पतालमा फोक्सो तथा निद्रासम्बन्धी रोगको विशिष्टीकृत सेवा  « Khabarhub

भेरी अस्पतालमा फोक्सो तथा निद्रासम्बन्धी रोगको विशिष्टीकृत सेवा 


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल रोग र निद्रासम्बन्धी समस्याको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ।

अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत सोमबारदेखि विशेष क्लिनिक सञ्चालनमा ल्याएको हो। नयाँ सेवाबाट फोक्सोसम्बन्धी दीर्घरोग, श्वासप्रश्वासको समस्या तथा निद्रासम्बन्धी विभिन्न समस्या भएका बिरामी लाभान्वित हुने अस्पतालले जनाएको छ।

डा. रञ्जीत पाण्डेका अनुसार क्लिनिकबाट दीर्घकालीन दम, पुरानो खोकी, छातीमा पानी जम्ने, क्षयरोग, फोक्सोमा बाथ रोग तथा फोक्सो खुम्चिने समस्याको उपचार र परामर्श उपलब्ध हुनेछ।

त्यस्तै, सुत्दा घुर्ने, निद्राका क्रममा श्वासप्रश्वास रोकिने, दिनभर निद्रा लागिरहने तथा पर्याप्त सुते पनि शरीर ताजा महसुस नहुने समस्याको पहिचान र उपचारसमेत गरिनेछ।

क्षयरोगका बिरामीलाई औषधिप्रति संवेदनशील तथा औषधि प्रतिरोधी क्षयरोगको उपचार र परामर्श सेवा पनि प्रदान गरिने डा. पाण्डेले बताए।

यसका साथै निमोनियालगायत गम्भीर अवस्थाका बिरामीको सघन उपचार, भेन्टिलेटरमा रहेका बिरामीको व्यवस्थापन तथा भेन्टिलेटरबाट हटाउने प्रक्रियामा आवश्यक उपचार र परामर्शसमेत उपलब्ध हुने उनले जानकारी दिए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले फोक्सोको दीर्घरोग, क्यान्सर तथा निद्रासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा सुरु गरिएको बताए।

उनका अनुसार यस विशिष्टीकृत सेवाले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल रोगको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्नुका साथै यस क्षेत्रको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १ : ५९ बजे

नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर 

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब, आङदेम्बेले भेटे सभामुख

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

तस्बिरमा हेर्नहोस् : जनकपुरको बलिङ, विराटनगरको ब्याटिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर

आन्द्रे, लोकेश र इम्रानको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ – विरानटगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको