शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश « Khabarhub

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष पेश गरेको छ ।

आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज मन्त्रीसमक्ष आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पादन गरेका प्रमुख कार्य, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशा समेटिएका छन् । साथै, आयोगका समग्र गतिविधि र उपलब्धिबारे विस्तृत विवरण प्रस्तुत गरिएको छ ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिव, प्रशासकीय प्रमुख तथा शाखा प्रमुखहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  २ : ३४ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट