नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर  « Khabarhub

नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर 


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीले एकता प्रक्रियालाई अघि बढाउन १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कात्तिक १७ गते भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा राखिनेछ ।

सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने उल्लेख छ । त्यस्तै, नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अघि बढाउने सहमति भएको छ ।

एकीकृत पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरणलाई तत्कालीन कार्यनीतिको आधार बनाउनेछ । आन्दोलन मूलतः शान्तिपूर्ण हुने र परिस्थितिअनुसार सडक, संसद् तथा सरकारलगायतका सबै मोर्चा प्रयोग गर्न सकिने सहमतिपत्रमा उल्लेख छ ।

पार्टी एकतापछि सङ्गठनात्मक संरचनाको समायोजन केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा गरिनेछ । पार्टीका सबै तहका समिति र जनसङ्गठनहरूमा पनि सहमतिका आधारमा समायोजन गरिने उल्लेख छ ।

त्यस्तै, आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति भएको छ । पार्टीका समिति सञ्चालन गर्दा विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार गरिनेछ ।

सिद्धान्त, विचार तथा एकताका क्रममा देखिन सक्ने मतभेद र विगतका विषयमा समीक्षा गर्दै निरन्तर छलफल गर्ने र अन्तिम निर्णय राष्ट्रिय महाधिवेशनबाट गर्ने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका महासचिव उर्मा भुजेल, सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  २ : ३९ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट