जनकपुरविरुद्ध विराटनगरको रोमाञ्चक जित « Khabarhub

जनकपुरविरुद्ध विराटनगरको रोमाञ्चक जित


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्‍यो ।

विराटनगरका आन्द्रे रसेलको अन्तिम बलमा तीन रन चाहिएको अवस्थामा जनकपुरका सैफ हसनले छक्का प्रहार गर्ने प्रयास गरेका थिए । तर, उनको प्रहार बसिर अहमदले क्याच गरे ।

यससँगै विराटनगरले दुई रनको जित हासिल गर्‍यो ।

विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो ।

जनकपुरका लागि सेफ हसनले सर्वाधिक ७१ रन बनाएपनि जिताउन सकेनन् । ४८ बलको सामना गरेका हसनले २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुस्लिङले ३० बलमा ४३ र जिमी निशमले १५ बलमा २९ रन जोडे ।

विराटनगरका आन्द्रे रसेलले ४ विकेट लिए ।

यससअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले तिन विकेटको क्षतिमा १७४ रन बनायो ।

जनकपुरविरुद्ध विराटनगरका लागि आन्द्रे रसेल, इम्रान शेख र लोकेश बमले अर्धशतक बनाए । रसेलले २९ बलमा पाँच छक्का र एक चाैकाको मद्दतमा ५२ रन बनाएका हुन् ।

शेखले ४० बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनी अभिषेक तिवारीको बलमा १३ ओभरको दोस्रो बलमा आउट भएका हुन् । उनले ४५ बलको सामना गरेर ५६ रन बनाए ।

विराटनगरका ओपनर लोकेशले ४० बल खेलेर ५० रन पूरा गर्दै अर्धशतक पूरा गरे । उनको इनिङ्समा पाँच चौका र तीन छक्का समेटिएको थियो ।

ओपनर शेहान जयसूर्या मात्र तीन बल खेलेर एक रन बनाउँदा आउट भएपछि इम्रान र लोकेसले उत्कृष्ट साझेदारी गरेका हुन् ।

विराटनगरविरुद्ध ६ जना बलर प्रयोग गरेको जनकपुरका लागि अभिषेक तिवारीले दुई विकेट हात पार्दा मोइन अलीले एक विकेट लिए । अन्य कुनै पनि बलरले विकेट हात पार्न सकेनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ४ : १० बजे

लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा सन्तोष पाण्डे 

काठमाडौँ – नेपाल सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको

एल निनोले विश्वभर खाद्य संकटको जोखिम बढायो

एजेन्सी – शक्तिशाली एल निनोका कारण भारत र नेपालमा भारी

पोखराले गुमायो पाचौँ विकेट, ८ बलमा ३ रन बनाएका शकिब आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

नानो फर्टिलाइजर र जैविक मल आवश्यक पदार्थको सूचीमा समावेश

काठमाडौं– सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र

सरकारका प्रवक्ताको गैरजिम्मेवार जवाफ- पत्रकार धरपकडबारे प्रधानमन्त्रीलाई जानकारी थिएन

काठमाडौं– सरकारले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको