प्रचण्डले भने- अहिले देशमा विवेक र राज्यमा विचार हरायो « Khabarhub

प्रचण्डले भने- अहिले देशमा विवेक र राज्यमा विचार हरायो


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले, माओवादी घटक लगायत सबै कम्युनिष्टहरुलाई एकतामा आउन आह्वान गरेका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा उमा भुजेल नेतृत्वको नेकपासँगको एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कम्युनिस्ट पार्टीबीच एकताको दायरा फराकिलो बनाउने योजना साथ पार्टी अघि बढेको भन्दै एमाले, माओवादी घटक लगायत सबै कम्युनिष्टहरुलाई एकतामा आउन आह्वान गरेका हुन् । 

विगतका विभिन्न उतारचढाव, असहजता र संकीर्णताहरूलाई पन्छाएर, पूर्वाग्रहमुक्त भई, राष्ट्र र देशको मुक्तिका लागि सबै क्रान्तिकारीहरू फेरि एक पटक एकजुट हुनुपर्ने आवश्यकता रहेको उनले बताए । 

प्रचण्डले देश असाधारण संकटमा रहेको यस बेला कम्युनिस्टहरूको एकता तथा देशभक्त र लोकतन्त्रवादीहरूको एकता एक ऐतिहासिक आवश्यकता बनेको धारणा राखे । 

अहिले देशमा विवेक हराएको र राज्यमा बिचार हराएको टिप्पणी गर्दै प्रचण्डले आवेग, आग्रह–पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, चिथोर्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति देशमा हाबी भएको उल्लेख गरे । 

यस्ता अराजनीतिक र अराजक प्रवृत्तिहरूका विरुद्ध सिद्धान्त र विचारको राजनीति गर्नेहरूले फेरि एक पटक सशक्त रूपमा साझा मोर्चा बनाउनुपर्ने उनको भनाइ छ । 

उनले पार्टी एकता र आन्दोलनलाई अगाडि बढाउन नेताहरूले अत्यधिक व्यक्तिगत महत्त्वाकाङ्क्षा नराखी, मानिसको खुबी र क्षमताको कदर गर्दै निस्वार्थ भावले लाग्नुपर्ने बताए । 

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मा एकताबद्ध हुँदै उमा भुजेलले माओवादी घटकहरू एक हुनुको विकल्प नरहेको बताए । 

एकतासम्बन्धी १० बुँदे सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ५ : ०८ बजे

जखेरा तालमा डुबेर एक बालिकाको मृत्यु

दाङ– लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा

१३ तस्बिरमा पोखरा भर्सेस लुम्बिनीको रोचक प्रतिस्पर्धा

काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा

सिड्नीको नेपाल फेस्टिभलमा सांगीतिक रौनक: प्रकाश, आशिष र रचना मुख्य आकर्षण

काठमाडाैँ – अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको प्रवर्द्धन गर्ने

लुम्बिनीको कसिलो बलिङमा कमजोर देखियो पोखरा (तस्बिरहरु)

काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा

‘विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसँग जुध्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक’

सर्वप्रथम त, कोप-३१ का लागि जलवायु पीडितबाट जलवायु नेतृत्वतर्फको रणनीतिक