काठमाडौं– सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री–वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ।
यसका साथै सरकारले मलको गुणस्तर, उत्पादन तथा बिक्री–वितरणलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यले मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
नानो फर्टिलाईजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मल आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने छ ।














प्रतिक्रिया