काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस जितेर लुम्बिनीले पहिले फिल्डिङ गरिरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले आठौँ विकेट गुमाएको छ । खेलको १६ ओभर ६ बलमा पोखराका किरण ठगुन्ना आउट भए । अभिषेश गौतमको बलमा उनी कट एण्ड बोल्ड भएका हुन् ।
आउट हुनुअघि ६ बलमा १२ रन बनाए ।
लिगको अंक तालिकामा पोखरा पुछारमा रहेको छ । उता लुम्बिनी भने अंक तालिकाको पाचौँ स्थानमा छ














प्रतिक्रिया