८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कार्की (तस्बिरहरू) « Khabarhub

८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कार्की (तस्बिरहरू)


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र सक्रियता घटेको छैन । स्वास्थ्य स्वयंसेविकाका रूपमा तीन दशकभन्दा लामो समय बिताएकी उनी अहिले पनि आफ्नो समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने र बालबालिकाको स्वास्थ्य सुरक्षाका अभियानमा सक्रिय छिन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५, तुलसीधारा निवासी कार्कीले २०५५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेकी हुन् । आफ्नो क्षेत्रका कुनै पनि बालबालिका भिटामिन ‘ए’ र पोलियो खोपबाट वञ्चित नहुन् भन्ने उद्देश्यले आफू स्वयंसेवामा लागेको उनी बताउँछिन् ।

‘हाम्रो एरियामा भिटामिन ‘ए’ र पोलियो खुवाउँदा कोही नछुटुन् लाग्थ्यो । सेवा गर्ने भावनाले तालिम लिएर यो काममा लागेँ,’ कार्कीले भनिन् ।

लामो समयसम्म समुदायमा स्वास्थ्य सेवा पुर्‍याउन योगदान गरेकी कार्कीलाई २०८० सालमा काठमाडौं महानगरपालिकाले सम्मान गरेको थियो । महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा ६० वर्षीय सेवा अवधि पूरा गरेका स्वयंसेविकालाई सम्मान गरिएको थियो । त्यतिबेला उनी ८० वर्षकी थिइन् ।

कार्की २०८० सालमै औपचारिक रूपमा सेवाबाट सेवानिवृत्त भइसकेकी छन् । तर, उमेर र सेवानिवृत्तिले उनको सेवाभावलाई रोक्न सकेको छैन । अहिले पनि आफूले सकुञ्जेल समुदायका लागि काम गरिरहेको उनी बताउँछिन् ।

भिटामिन ‘ए’ खुवाउने अभियानदेखि डेङ्गु रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रममा समेत उनी सहभागी हुँदै आएकी छन् ।
८३ वर्षको उमेरमा पनि समुदायको स्वास्थ्यप्रति उत्तिकै चासो र जिम्मेवारीबोध राख्ने कार्कीको सक्रियता स्वयंसेवा केवल जिम्मेवारी नभई सेवाभाव र समर्पणको उदाहरण बनेको छ । 

औपचारिक जिम्मेवारीबाट अवकाश पाए पनि समाजप्रतिको दायित्व पूरा गर्न उमेरले छेक्दैन भन्ने सन्देश उनको निरन्तर सक्रियताले दिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ६ : ३७ बजे

‘जलवायु नेतृत्व वार्ताको टेबलमा होइन, व्यवहारमा देखिनुपर्छ’

जलवायु संकटको अग्रपङ्क्तिमा रहेको नेपालका लागि जलवायु परिवर्तन अब केवल

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी 

क्वालालम्पुर – अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

दमौली– तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन भोलिदेखि काठमाडौंमा

काठमाडौं– प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि