काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले फिल्डिङ गरेको लुम्बिनीका बलरविरुद्ध संघर्षपूर्ण रन बनाएको पोखराले पूरै २० ओभर खेल्दै नाै विकेटको क्षतिमा ९७ रन बनाएको हो ।
पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४ रन बनाएको खेलमा माहेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए ।
पोखरालाई सस्तैमा समेट्न लुम्बिनीका लागि रुबेन ट्रम्पेलम्यानले तीन विकेट हात पार्दा तिलक भण्डारीले दुई विकेट लिए । उसका लागि शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहित पौडेलले एकएक विकेट हात पारे ।
दुई खेलमा पराजित पोखरा लिगको अंक तालिकामा पुछारमा रहेको छ । उता लुम्बिनी तीन अंकसहित तालिकाको पाचौँ स्थानमा छ।














प्रतिक्रिया