सिड्नीको नेपाल फेस्टिभलमा सांगीतिक रौनक: प्रकाश, आशिष र रचना मुख्य आकर्षण « Khabarhub

सिड्नीको नेपाल फेस्टिभलमा सांगीतिक रौनक: प्रकाश, आशिष र रचना मुख्य आकर्षण


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ आयोजना हुने भएको छ ।

आगामी नोभेम्बर ७ मा आयोजना हुने उक्त महोत्सवमा नेपालका चर्चित कलाकार प्रकाश सपुत, आशिष सचिन र रचना रिमालले मुख्य आकर्षणका रूपमा सांगीतिक प्रस्तुति दिनेछन् ।

सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा हुने महोत्सवमा कलाकारहरूले आफ्ना लोकप्रिय गीतमार्फत प्रवासी नेपालीहरूलाई मनोरञ्जन गराउनेछन् ।

कार्यक्रममा ‘पिरिम नलाउने’, ‘दाह्री फुल्यो बैंसैमा’ र ‘एक कान दुई कान मैदान’ जस्ता चर्चित गीतका गायक आशिष सचिन, लोक तथा आधुनिक गायक प्रकाश सपुत र गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ । साथै, चर्चित र्‍यापर सुदिन पोखरेललगायत अन्य कलाकारहरूले समेत महोत्सवमा प्रस्तुति दिने आयोजकले जनाएका छन् ।

प्रवासमा नेपाली पहिचान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरन्तर आयोजना हुँदै आएको यस फेस्टिभलमा सांगीतिक कार्यक्रमका अतिरिक्त नेपाली कला, संस्कृति, मौलिक भेषभूषा, नृत्य तथा परम्परागत खानाका परिकारहरूसमेत प्रदर्शन गरिनेछ ।

अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्न र स्थानीय विदेशी समुदायमाझ नेपाली परम्परा परिचित गराउन महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायीका साथै अस्ट्रेलियाली राजनीतिक तथा सामुदायिक नेतृत्वको उपस्थिति रहनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ६ : ५४ बजे

कर्णालीको कृषि विकासमा इजरायली प्रविधि भित्र्याउने विषयमा छलफल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली

पोखरामाथि आठ विकेटको सानदार जित निकाल्दै लुम्बिनी तालिकाको शीर्षक स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा

‘जलवायु नेतृत्व वार्ताको टेबलमा होइन, व्यवहारमा देखिनुपर्छ’

जलवायु संकटको अग्रपङ्क्तिमा रहेको नेपालका लागि जलवायु परिवर्तन अब केवल

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी 

क्वालालम्पुर – अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा