थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो « Khabarhub

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ ।

धार्मिक परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन् । डोली चढाउने क्रममा मन्दिर परिसरमा भजनकीर्तन, पूजाआराधना तथा अन्य धार्मिक गतिविधि सञ्चालन भएका थिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार मङ्गलबार नौ हजार ५०० भक्तजनले मन्दिरमा दर्शन तथा पूजाआराधना गरेका छन् । सोमबार राति ४२१ भक्तजन जाग्राम बसेर बत्ती बालेका थिए । थापाका अनुसार मन्दिरमा तनहुँबाट ४४, लमजुङबाट ३२, गोरखाबाट १३ र काठमाडौँबाट दुई वटा फूलको डोली ल्याइएको थियो ।

प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । ती दिन मन्दिरमा डोली चढाउन विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । फूलको डोली चढाए मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको अध्यक्ष थापाले बताए ।

भक्तजनले फूलको डोली र पञ्चैबाजासहित नाचगान गर्दै मन्दिरको तीन पटक परिक्रमा गर्ने गर्छन् । त्यसपछि मन्दिर परिसरका देवलमा डोलीसँगै ल्याइएको तोरण तीन फन्को घुमाएर बाँध्ने र मन्दिरभित्र गई पूजाआराधना गर्ने परम्परा छ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार पार्ने र मङ्गलबार मन्दिरमा चढाउने चलन छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाआराधना हुने गरेको छ । 

समुद्री सतहबाट एक हजार २०० मिटर उचाइमा रहेको मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार र लमजुङको राइनासकोटलगायत स्थान तथा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट संकलित  छ लाख गरी २० लाखको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो ।

स्थानीयका अनुसार मन्दिरमा विसं १८२५ देखि पूजाआराधना सुरु भएको हो । किंवदन्तीअनुसार त्यस वर्ष हावाहुरी चलेपछि भोटीनी आमाछोरी मन्दिर रहेको स्थानको एउटा रूखमुनि ओत लागेका थिए । उनीहरू त्यहीँबाट अन्तध्र्यान भएपछि उक्त स्थानमा पूजाआराधना सुरु गरिएको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ७ : २६ बजे

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट

पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

काठमाडौं – तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका

कर्णालीको कृषि विकासमा इजरायली प्रविधि भित्र्याउने विषयमा छलफल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली

पोखरामाथि आठ विकेटको सानदार जित निकाल्दै लुम्बिनी तालिकाको शीर्षक स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा