मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी  « Khabarhub

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी 


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर – अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

उक्त पूर्वाधारले स्थानीय समुदायलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुका साथै मलेसियाको पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनमा समेत सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

प्रस्तावित आयोजनाअन्तर्गत निर्माण हुने प्रशोधन केन्द्रले दैनिक छ करोड ५० लाख लिटर प्रशोधित पिउने पानी आपूर्ति गर्न सक्ने क्षमता राख्नेछ । यसबाट सर्वसाधारणको पानीमा पहुँच विस्तार हुनुका साथै स्प्रिङहिल औद्योगिक पार्कमा निर्माण हुने गुगलको डाटा सेन्टर परिसरमा पनि पानी आपूर्ति गरिनेछ ।

निर्माण सम्पन्न भएपछि उक्त पानी पूर्वाधारको स्वामित्व राज्यको सरकारी सम्पत्ति व्यवस्थापन गर्ने जिम्मेवारी पाएको वैधानिक निकाय मेन्टेरी बेसर नेगेरी सेम्बिलान (निगमित) मा रहनेछ ।

यसैगरी, गुगलले मलेसियामा स्वच्छ ऊर्जा क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँ कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ७ : ३० बजे

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट

पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

काठमाडौं – तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका

कर्णालीको कृषि विकासमा इजरायली प्रविधि भित्र्याउने विषयमा छलफल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली

पोखरामाथि आठ विकेटको सानदार जित निकाल्दै लुम्बिनी तालिकाको शीर्षक स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा