सौगातले सके ‘बब डाई’को सुटिङ « Khabarhub

सौगातले सके ‘बब डाई’को सुटिङ


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका छन् ।

काठमाडौंको चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाभित्रै ४२ दिन लगाएका यो फिल्मको सुटिङ गरिएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक श्रेष्ठका अनुसार फिल्ममा समावेश हुने दुई गीतको छायाङ्कन भने बाँकी रहेको छ ।

कीर्तिपुरका एक युवाको कथामा यो फिल्म बनेको निर्देशक श्रेष्ठले बताए । उक्त युवाको ‘बब डाई’को भूमिकामा सौगात मल्लले निर्वाह गरेका छन् ।

नेवारी भाषामा दाइलाई ‘दाई’ भनिने भएकाले यो फिल्मको नाम ‘बब डाई’ राखिएको उनले बताए ।

यो फिल्मको नायिकामा सिम्रन पन्त छिन् । उनी ‘होस्टल ३’मा चर्चामा आएकी नायिका हुन् । त्यस यता उनी विभिन्न फिल्ममा अनुबन्ध भएकी छन् ।

फिल्ममा उनीहरुसहित विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौसासिया, कुशल पोखरेल, यमन श्रेष्ठलगायतको अभिनय रहेने बताइएको छ ।

रोटेपिङ्ग इन्टरटेन्मेन्ट र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा बन्ने यस फिल्मको मैनिषा गौचन र प्रवीण श्रेष्ठले लेखेका हुन् । निर्माताहरु राजेश घिमिरे, रोशन भट्टराई र सुनील मानन्धर निर्माता हुन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : १० बजे

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो, सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’

बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका