१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन  « Khabarhub

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी प्रसारण लाइन सञ्चालनसँगै कर्णालीको औद्योगिकरण सुरु हुने र कर्णाली विकासको गतिमा अघि बढ्ने बताएका छन् ।

कर्णालीको निरीक्षण भ्रमणका क्रममा उनले कोहलपुर, सुर्खेत, दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दै उनले ढिलामा १५ दिनभित्र उक्त प्रसारण लाइन चार्जमा ल्याउन निर्देशन समेत दिए । कर्णालीमा १३२ केभी प्रसारण लाइन पहिलो पटक सञ्चालनमा आउन लागेको हो ।

‘कर्णाली कति पछाडि परेको छ भन्ने कुराको बोलीले भन्दा पनि प्रमाणले भन्ने हो भने हेर्नुहोस् त १३२ केभी प्रसार लाइन अहिलेसम्म आएको छैन,’ उनले भने, ‘यो भन्दा ठूलो प्रमाण के हुन्छ ? पुरै कर्णालीमा १३२ केभी प्रसारण लाइन अब बढीमा १५ दिन भित्रमा सञ्चालनमा आउँछ ।’

शाक्यले आफू २०६६ सालदेखि निरन्तर कर्णालीमा आइरहेको भन्दै सुर्खेत विमानस्थलमा ओर्लिँदै गर्दा ती पुराना दिनका याद आएको पनि उल्लेख गरे ।

शाक्यले सुर्खेतको निर्माणाधीन स्वचालित सव–स्टेशन नजिकै प्रमुख राजमार्ग छेउको टावर नजिकै रहेको र प्राधिकरणले अधिकरण गरेको जग्गामा उक्त राजमार्गमा प्रयोग गर्ने विद्युतीय सवारीलाई सहज हुने गरी चार्जिङ स्टेशन प्रयोगका लागि आवश्यक तयारी गर्न निर्देशन दिए ।

आयोजनाका प्रमुख रविकुमार चौधरीले पनि कोलपुर–सुर्खेत खण्डको काम अन्तिम चरणमा रहेको भन्दै शाक्यको निर्देशन अनुसार अबको १५ दिनभित्र यो लाइन चार्ज गर्न सफल हुने प्रतिवद्धता व्यक्त गरे ।

चौधरीले करिब ७५ करोडमा निर्माण भएको सव–स्टेशन तयारी अवस्था रहेको  र करिब ६५ करोडमा निर्माण भएको प्रसारण लाइनकाचाँहि दुई स्पान तार तानेर परीक्षण गर्न बाँकी रहेको बताए ।

शाक्यले कर्णाली प्रदेशका १० वटै विद्युत केन्द्रका प्रमुखहरूसँग उनीहरूको प्रगति विवरण, त्यहाँको समस्या र समाधानका उपायबारे केन्द्रित भएर छलफल पनि गरे । उनले आफ्ना गुनासा र समस्याहरू सुनाउँदा लिखित र योजनासहित समस्याको पहिचान गरी समाधानको उपाय खोज्ने गरी ल्याउन पनि सुझाव दिए ।

१० उद्योग र व्यवसायी सम्मानित
कार्यक्रममा विभिन्न १० उद्योग तथा व्यवसायीलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा गुनाङडोङ युनटाइन रमा जेभी क्रसर, सुर्खेत, खलङ्गा सितलपार्टी खानेपानी उपभोक्ता, सल्यान, सुभघाट सहरी खानेपनी, सुर्खेत, विजयी श्री चौरजहारी सुखा खानेपानी तथा सरसफाई रुकुमपश्चिम, खलङ्गा सितलपार्टी खानेपनी र उपभोक्ता सल्यान, वीरेन्द्रनरगर औद्योगिक क्षेत्र सुर्खेत, शंखमुल ग्रमिण विद्युत लुहाम बजार, सल्यान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत र शुभघाट सरकारी खानेपनी सुर्खेत रहेका छन् । 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : १५ बजे

शेखर कोइरालाद्वारा कांग्रेसको अवस्थाबारे पदाधिकारी र जिल्ला सभापतिसँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी भित्रको

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

भक्तपुर– भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्मका लागि माधव नारायण

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

बेनी– सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य