बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने « Khabarhub

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिएमा अर्को उम्मेदवार थप्न पाउने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरूले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ ।

त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्को उम्मेदवार पठाउन पाउनेछ ।

आयोगले यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकोमा त्यसमाथि रुजु भइरहेको जनाएको छ ।

आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ । आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रुपमा अयोग्य रहेको भनी दाबीविरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उक्त सूची तत्पश्चात परिवर्तन हुने छैन ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ११ : २८ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले