भेनेजुएलामा अमेरिकी हमला, राजधानी काराकाससहितका सहरमा कयौँ विस्फोट « Khabarhub

भेनेजुएलामा अमेरिकी हमला, राजधानी काराकाससहितका सहरमा कयौँ विस्फोट


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काराकास– भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार बिहान धेरै विस्फोटहरू भएको  विवरणसहितको समाचार सीएनएनले प्रकाशित गरेको छ। 

पहिलो विस्फोट स्थानीय समय अनुसार बिहान करिब १:५० बजे भएको थियो ।

सीएनएनकी संवाददाता ओस्मारी हर्नान्डेजले भनिन्, ‘एउटा विस्फोट यति शक्तिशाली थियो कि मेरो झ्याल हल्लियो ।’ 

विस्फोटपछि शहरका केही भागमा विद्युत् आपूर्ति बन्द भएको छ । ला कार्लोटा विमानस्थल नजिकै धुवाँको मुस्लो उठेको देखिएको छ।

भिडियोहरूमा रातको समय आकाशमा दुईवटा धुवाँका मुस्लोहरू देखिएका थिए, जसमा एउटाको आधारमा सुन्तला रंगको चमक थियो।

भेनेजुएलाका अन्य स्थानहरू ला ग्वाइरा राज्य र मिरान्डा राज्यको हिगुएरोटे शहरमा पनि विस्फोटहरू सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्।

यो घटना अमेरिका र भेनेजुएला बीचको बढ्दो तनावको पृष्ठभूमिमा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा लागुऔषध तस्करी सञ्जालविरुद्ध नयाँ कारबाही गर्ने चेतावनी दिएका थिए । उनलेे छिट्टै स्थल आक्रमण सुरु हुने बताएलगत्तै विस्फोट भएका हुन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १ : ०१ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर