भेनेजुएलामा अमेरिकी हमला, राजधानी काराकाससहितका सहरमा कयौँ विस्फोट « Khabarhub

भेनेजुएलामा अमेरिकी हमला, राजधानी काराकाससहितका सहरमा कयौँ विस्फोट


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काराकास– भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार बिहान धेरै विस्फोटहरू भएको  विवरणसहितको समाचार सीएनएनले प्रकाशित गरेको छ। 

पहिलो विस्फोट स्थानीय समय अनुसार बिहान करिब १:५० बजे भएको थियो ।

सीएनएनकी संवाददाता ओस्मारी हर्नान्डेजले भनिन्, ‘एउटा विस्फोट यति शक्तिशाली थियो कि मेरो झ्याल हल्लियो ।’ 

विस्फोटपछि शहरका केही भागमा विद्युत् आपूर्ति बन्द भएको छ । ला कार्लोटा विमानस्थल नजिकै धुवाँको मुस्लो उठेको देखिएको छ।

भिडियोहरूमा रातको समय आकाशमा दुईवटा धुवाँका मुस्लोहरू देखिएका थिए, जसमा एउटाको आधारमा सुन्तला रंगको चमक थियो।

भेनेजुएलाका अन्य स्थानहरू ला ग्वाइरा राज्य र मिरान्डा राज्यको हिगुएरोटे शहरमा पनि विस्फोटहरू सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्।

यो घटना अमेरिका र भेनेजुएला बीचको बढ्दो तनावको पृष्ठभूमिमा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा लागुऔषध तस्करी सञ्जालविरुद्ध नयाँ कारबाही गर्ने चेतावनी दिएका थिए । उनलेे छिट्टै स्थल आक्रमण सुरु हुने बताएलगत्तै विस्फोट भएका हुन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १ : ०१ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा