क्यानको वार्षिक खेल तालिका सार्वजनिक « Khabarhub

क्यानको वार्षिक खेल तालिका सार्वजनिक


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

सन् २०२६ मा घरेलु स्तरमा जिल्ला र प्रदेशस्तरस्तरीय क्रिकेटका साथै जय ट्रफी र राष्ट्रिय विद्यालय च्याम्पियनसिप जिल्लास्तर र प्रदेशस्तरमा सञ्चालन हुने क्यानले जनाएको छ ।

त्यस्तै युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै क्यान युवा कप, लेभल १ र २ कोचिङ कोर्स, पिच क्युरेटर कोर्स तथा अम्पायरिङ कोर्स आयोजना गर्ने जनाएको छ । 

अन्तर्राष्ट्रिय आईसीसी टी–२० विश्वकप, यू–१९ टोलीको भुटान तथा मलेसिया भ्रमण, आईसीसी विश्व क्रिकेट लिग, एसीसी पुरुष र महिला कप प्रतियोगिता, तथा एसिया कपमा प्रतिस्पर्धा हुने क्यानका सचिव पारस खड्काले जानकारी दिए  ।

उनले घरेलु क्रिकेट खेलाडीहरुलाई अवसर प्रदान गर्नका लागि बिभिन्न प्रतियोगिता आयोजना गरिएको बताए । खड्काले टेस्ट मान्यता राष्ट्रसंग खेल्नका लागि क्यानले प्रस्ताव अघि बढाएको जानकारी दिए ।

क्यानले क्यानले २०२६ मा घरेलु संरचना बलियो बनाएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने जनाएको छ । अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल) को तेश्रो संस्करण आयोजना हुने क्यानको क्यालेन्डरमा समावेश गरिएको छ । रासस

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ३ : ०५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार

आज २०८२ साल पुस २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी