सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि चलायमान हुँदैन : चन्द्र ढकाल « Khabarhub

सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि चलायमान हुँदैन : चन्द्र ढकाल


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका छन् । 

शनिबार चितवनमा आयोजित उद्योग वाणिज्य संघ चितवनको ५९ औँ साधारण सभामा ढकालले अझै पनि उद्योग व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका हुन् । 

जेन-जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि निकै ठूलो आक्रमण भएकाले त्यसमा संलग्नलाई कारबाहीको दायरामा नल्याएसम्म आगामी दिनमा यस्ता घटना घट्न सक्ने उनले बताए । 

अध्यक्ष ढकालले निजी क्षेत्रको उद्योग प्रतिष्ठानमा आक्रमण हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्कीले जनाएकाले यस क्षेत्रलाई आवश्यक सुरक्षा दिने काम सरकारले गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले संघले उद्योगी व्यवसायीहरूको हकहितका लागि निरन्तर क्रियाशील भएर काम गरेको बताए । साथै उनले उद्योगी व्यवसायीहरूको विभिन्न समस्या समाधान गर्न संघले स्थानीय, प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए । 

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ । 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ४ : १४ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप