नागार्जुन काव्यगोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका श्रष्टा सम्मानित « Khabarhub

नागार्जुन काव्यगोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका श्रष्टा सम्मानित


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत स्रष्टालाई ‘नागार्जुन वाङ्यमय सम्मान, २०८२’ बाट सम्मान गरेको छ । प्रतिष्ठानद्वारा मासिक रूपमा आयोजना हुने ‘शुभप्रभात काव्यगोष्ठी’ का अवसरमा आज उनीहरूलाई सम्मान गरिएको हो । 

गाष्ठीमा प्रा डा पोखरेललाई भाषा, साहित्य र समालोचनाका क्षेत्रमा दिएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको हो । यसैगरी साहित्यकार एवं समालोचक आरएम डङ्गोल, कथाकार एवं साहित्यिक पत्रकार होमशङ्कर बास्तोला र कवि निरुपम श्रेष्ठलाई पनि सम्मान गरिएको छ । 

कार्यक्रममा वरिष्ठ कवि पूर्ण विराम (बलराम शर्मा) का कविता वाचनमा उत्कृष्ठता हासिल गर्ने कवि चन्द्रलाल तामाङलाई एक हजारसहित पुरस्कृत गरियो । 

उनीसँग वाचक प्रतिस्पर्धीका रूपमा कवि गोपाल मैनाली रहेका थिए । अप्रतियोगीका रूपमा कवि प्रकाश सिलवालले कवि पूर्ण विरामका कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रा डा पोखरेलले वाचित कवितामाथि समालोचना प्रस्तुत गर्दै ती कवितामा विद्यमान असमानताका विषय आएको र त्यसको समाधानका लागि मार्क्सवाद चिन्तनलाई सच्चचरित्रका साथ प्रयोग गर्नुपर्ने सन्देश पाइएको बताए ।

उनले बोलचालको भाषा सकिएपछि कविताको भाषा सुरु हुने भएकाले कवितामा सिधा अर्थ वा उपदेशात्मक शैली नअपनाउन सुझाव दिए ।

साझा प्रकाशनद्वारा प्रकाशित कथाकार होमशङ्कर बास्तोलाको ‘रगतको मूल्य’ कथाकृतिमाथि समीक्षा गर्दै समालोचक आरएम डङ्गोलले बास्तोलाका कथामा समाजको यथार्थ चरित्र चित्रण र सुधारोन्मक सन्देश पाइने बताए । 

कार्यक्रममा कवि निरुपम श्रेष्ठको एकल कविता प्रस्तुतिका साथै रक्तिम लामा, अल्फिफोहेन फाक्लुप्पा, गङ्गा खतिवडा, टिपी बाराकोटी, लक्ष्मण अधिकारी, दिनेशराज खरेल, बलराम विष्ट, तिलक गाउँले, प्रख्यात पाण्डे, सङ्गी काली, युवराज नास्तिक, नवीन पल्वभ, नवराज न्यौपानेले रचना वाचन गरेका थिए । रासस

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ५ : ४२ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ