प्रादेशिक कला प्रदर्शनी: पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह « Khabarhub

प्रादेशिक कला प्रदर्शनी: पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक कला प्रदर्शनीका लागि यही पुस मसान्तसम्म कलाकृति बुझाउन अनुरोध गरेको छ । 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले प्रदर्शनी आयोजनाको मिति घोषणा गरिसकेको जानकारी दिँदै पुस मसान्तसम्मका कलाकृति मात्रै समावेश हुने बताए । नेपाली ललितकलाको महाउत्सव मानिने राष्ट्रिय ललितकला प्रदर्शनी र प्रादेशिक ललितकला प्रदर्शनीको तयारी भएको उल्लेख गर्दै उनले अहिले कलाकृति सङ्कलनको काम भइरहेको जानकारी दिए  ।

थुम्केलीका अनुसार  आगामी माघ १५ गते गण्डकी प्रदेशबाट प्रदर्शनीको थालनी हुनेछ । कलाकै महोत्सव मानिने उक्त प्रदर्शनी ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आयोजना गर्न लागिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए ।

प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी भनेको छ, ‘प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा ५ को खण्ड (ट) र राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८० र प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८० बमोजिम प्रतिष्ठानले प्रदर्शनीका लागि पुस ३० गतेभित्र कलाकृति बुझाउन आम कलाकारहरूमा अनुरोध छ ।’

प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी र अप्रतियोगी कलाकृति र विसं २०८३ जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा अप्रतियोगी र आमन्त्रित कलाकृति बुझाउन भनेको छ ।

प्रादेशिक प्रदर्शनी 

प्रतिष्ठानका अनुसार गण्डकी प्रदेशको गैँडाकोटमा आगामी माघ १५ देखि १९ गतेसम्म प्रदर्शनी आयोजना हुनेछ । मधेस प्रदेशको धनुषामा माघ १६ देखि २० गतेसम्म मैथली विकास कोषसँगको सहकार्यमा प्रदर्शनी आयोजना हुँदैछ भने लुम्बिनी प्रदेशको कालिका मानव ज्ञान मावि रुपन्देहीमा माघ १७ देखि २१ गतेसम्म आयोजना हुनेछ । 

त्यस्तै कणाली प्रदेशको कमर्सियल आर्टिष्ट सङ्घसँगको सहकार्यमा माघ १९ देखि २३ गतेसम्म प्रदर्शनी आयोजना हुँदैछ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा माघ २१ देखि २५ सम्म, कोशी प्रदेशमा माघ २९ देखि फागुन ४ गतेसम्म आयोजना हुँदैछ । 

यस्तै बागमती प्रदेशमा भने फागुन ८ देखि १२ गतेसम्म नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सदस्यसचिव थुम्केलीले जानकारी दिए। 

सबै प्रादेशिक प्रदर्शनी सकिएपछि त्यहाँबाट छानिएका कलाकृति समेटेर आगामी जेठ १५ देखि ३० गतेसम्म काठमाडौँमा राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गरिनेछ । सोही क्रममा कलाकारलाई पुरस्कार तथा सम्मानसमेत प्रदर्शन गरिने जनाइएको छ । रासस

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ६ : ३० बजे

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा