भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी « Khabarhub

भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने अभियानका क्रममा भारतीय सुरक्षा बलले कारवाही गर्दा शनिबार भएका दुई झडपमा परी १४ जना माओवादी विद्रोही लडाकुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्य भारतमा सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेको भन्दै नक्सलवादी विद्रोहीहरूले दशकौँदेखि चलाएको विद्रोहमा दश हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

सरकारले यस समूह माथि कारबाही गरिरहेको छ, जसको नाम हिमालयको फेदमा रहेको गाउँको नाममा राखिएको छ जहाँ लगभग छ दशक अघि माओवादी–प्रेरित विद्रोह सुरु भएको थियो । प्रहरीका अनुसार विद्रोहीहरूलाई मध्य राज्य छत्तीसगढमा शनिबार गोली हानेर मारिएको थियो ।

छत्तीसगढ प्रहरीले विज्ञप्ति जारी गर्दै मासुकमा र बिजापुर जिल्लामा भएको झडपमा १४ जना माओवादी मारिएको जनाएको छ । विद्रोहीहरुसँग गोलाबारुद र एसल्ट राइफलहरू जफत गरिएको छ ।

अधिकारीहरूले बारम्बार मार्चको अन्त्य सम्ममा विद्रोह पूर्ण रूपमा अन्त्य गर्ने वाचा गरेका छन् । सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरूसहित नक्सालवादी विद्रोहले कुनै समय देशको लगभग एक तिहाइ भागमा प्रभुत्व जमाएको थियो ।

तर हालैका वर्षहरूमा समुह कमजोर भएको जनाइएको छ । सरकारी तथ्याङ्क अनुसार सन् २०२४ देखि छत्तीसगढमा शीर्ष नेतृत्वको साथै पाँच सय बढी माओवादी विद्रोही मारिएको भारतको सुरक्षा बलले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ६ : ०१ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने