विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल « Khabarhub

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा समावेश गरिने बिमा शिक्षासम्बन्धी विषयवस्तुका बारेमा सरोकार भएका निकायसँग छलफल गरेको छ । 

प्राधिकरणको केन्द्रीय कार्यालयमा आज भएको छलफलमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले विद्यालय तहदेखि पाठ्यपुस्तकमा बिमाको आवश्यकता र महत्त्वसम्बन्धी विषयवस्तु समावेश गरी यसलाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नु आवश्यक रहेको बताए ।

उनले भने, ‘बिमाका बारेमा सानैदेखि जागरूक गराउनु आवश्यक छ, मानव जीवन र सम्पत्तिको वित्तीय सुरक्षण बिमाले गर्छ । बिमामार्फत जीवनलाई सहज रूपमा अगाडि बढाउन सकिन्छ भन्ने जानकारी हुनु आवश्यक छ । यसले बिमाको दायरा बढाउनुका साथै लागत घट्ने, जोखिम न्यूनीकरण हुने तथा समग्रमा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यालय तहको अध्ययनका क्रममा विद्यार्थीले बिमाका बारेमा बुझ्न सकुन् र अध्ययनपश्चात् अरूलाई पनि यसका महत्त्वका बारेमा बुझाउन सकुन् भन्ने उद्देश्यले पाठ्यपुस्तकमा यसलाई समावेश गर्नुपर्ने धारणा राखे ।

त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक एवम् सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्राडा रामकृष्ण तिवारीले सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन तथा प्रश्न पत्र तयारीका क्रममा बिमासम्बन्धी विषयवस्तुलाई प्रतिबिम्बित गर्न सम्बन्धित पदाधिकारी, विषय विज्ञ र लेखकलाई आग्रह गरे  ।

विद्यालय तहमा अनिवार्य विषयका रूपमा रहेको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकको परिमार्जन तथा पुनर्लेखनका क्रममा बिमा शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्ने सम्बन्धमा छलफल गरी ठोस् निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ । 

कार्यक्रममा सामाजिक विषयअन्तर्गत कक्षा ४ देखि १२ का प्रस्तावित पाठ्यक्रममा बिमा शिक्षासम्बन्धी सम्भावित विषयवस्तुमाथि विस्तृत छलफल भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ६ : ४१ बजे

रसुवागढी भन्सार : धमाधम सरसामान तथा सवारीसाधन आयात

रसुवा– रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन

तरबुजाखेतीमा किसानलाई आकर्षित गर्दै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि

बैतडीमा पाँच मतदान केन्द्र थपिए

बैतडी– बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट

भेनेजुएला: डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं – भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी