बिर्तामोड- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो ।
नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा ५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको हो ।













प्रतिक्रिया