‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’ « Khabarhub

‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय गरेको बताएका छन् । 

एन्फाको अर्लि इलेक्सन गर्ने निर्णयप्रति विरोध भएपछि शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासचिव राईले विधान अनुसार नै चार वर्षको कार्यकाल सकिनु अघि नै निर्वाचन गर्ने निर्णय गरेको बताएका हुन् । 

उनले वर्तमान कार्यसमितिका बारेमा धेरै प्रश्न उठे पनि ताजा निर्वाचनमा जान विधान अनुसार अघि बढ्न खोजेको स्पष्ट पारे । आफू नियुक्त भएदेखि धेरै ठूला आरोप र आलोचना खेप्दै नेपाली फुटबललाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनको भनाइ छ ।  

एन्फा कार्यसमितिको पुस १६ गते बसेको बैठकले आगामी माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, केही सदस्यहरूले उक्त निर्णय विधान विपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको आरोप लगाउँदै विरोध गर्दै आएका छन् । 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ६ : ४५ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण