शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव छैन : सभामुख यादव « Khabarhub

शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव छैन : सभामुख यादव


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका सभामुख रामअशिष यादवले शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव नभएकाले शिक्षाको दिगो र प्रभावकारी विकासमा जोड दिन सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।

आज जनकपुरधामस्थित हिमाली अङ्ग्रेजी बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको शिक्षाको अवस्था अत्यन्त कमजोर रहेकाले सबैको सहकार्य र समन्वयबाट सुधार गर्दै समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए ।

सभामुख यादवले मधेस प्रदेशको शिक्षामा गुणस्तरीयता कायम गर्न र सबै वर्गका बालबालिकामा पहुँच पुर्‍याउनका लागि तीनै तहका सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे । 

उनले प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकासका लागि अनुशासनसहित शिक्षा आवश्यक रहेको उल्लेख गर्दै हरेक अभिभावकले आ–आफ्नो बालबालिकालाई नैतिकवान् र चरित्रवान् बनाउनुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : ३६ बजे

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंगलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको

अण्डाको मूल्य घट्यो

चितवन– क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक

पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु

कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु