एमालेबाट दैलेख-२ मा विष्णु रिजाल पहिलो नम्बरमा सिफारिस « Khabarhub

एमालेबाट दैलेख-२ मा विष्णु रिजाल पहिलो नम्बरमा सिफारिस


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

दैलेख – नेकपा एमाले दैलेख क्षेत्र नं २ को प्रतिनिधि सभा उम्मेद्वारको छनौटमा युवा नेता एवं केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक मत ल्याएका छन् । सो क्षेत्रमा चारजना पुरुष आकांक्षीहरुमा सहमति कायम हुन नसकेपछि भएको आन्तरिक निर्वाचनमा रिजालले ६७ मत सहित पहिलो नम्बरमा सिफारिस भएको क्षेत्रीय कमिटीले जनाएको छ ।

यस अघि दुईवटा संघीय निर्वाचनमा पनि उम्मेद्वार हुने प्रयास गरेका रिजाललाई यसपाली पार्टी कार्यकर्ताहरुले एक नम्बरमा सिफारिस गरेर पठाएका छन् ।

रिजालसँगै अर्का केन्द्रीय सदस्य लक्ष्मी पोखरेल, राजबहादुर शाही र कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर बुढाले दाबी गरेका थिए ।

सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा ६७ मत सहित रिजाल पहिलो ६६ मत सहित पोखरेल दोस्रो ६१ मत सहित शाही तेस्रो र ५१ मत सहित बुढा चौथो स्थानमा आएको क्षेत्रीय कमिटी अध्यक्ष कुमार विक्रम शाहीले जानकारी दिए ।

हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनमा कर्णालीको भूगोलबाट केन्द्रीय सदस्य भएका रिजाल पार्टीको पक्षमा आम सञ्चार माध्यममा निरन्तर मुखर हुने नेता हुन् ।

यस अघि पार्टीको गैह्र भौगोलिक क्षेत्रका विभिन्न जिम्मेवारी बहन गरेका रिजालले अब पार्टीको भौगोलिक यात्रासँगै संसदीय यात्राको सुरुवात गर्ने तयारी गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ८ : ३० बजे

‘अहिलेको विवादले कांग्रेस फुट्दैन, संसदीय निर्वाचनपछि महाधिवेशनमा जान्छौँ’

काठमाडौं- दुई पक्षको विवादका कारण नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको

दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली– लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ