सन् २०२५ मा ११६ विदेशीलाई विमानस्थलबाटै फर्काइयो, ५०१ विदेशी ‘डिपोर्ट’ « Khabarhub

सन् २०२५ मा ११६ विदेशीलाई विमानस्थलबाटै फर्काइयो, ५०१ विदेशी ‘डिपोर्ट’


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२५ मा नेपालको अध्यागमन विभागले विभिन्न ३६ मुलुकका ११६ जना विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न नदिई सम्बन्धित मुलुकमै फिर्ता पठाएको छ। प्रवेश अस्वीकार गरिएकामध्ये सबैभन्दा बढी भारत र चीनका नागरिक रहेका छन्।

अध्यागमन विभागका अनुसार भिसाको म्याद सकिएको, विगतमा शंकास्पद गतिविधिमा संलग्न भएको, आपराधिक अभिलेख रहेका, राष्ट्रिय सुरक्षामा खतरा देखिएको वा पटक–पटक अध्यागमन नियम उल्लंघन गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको हो।

यसै अवधिमा विश्वका विभिन्न ७७ मुलुकबाट २ हजार ७ सय ९० जना नेपाली नागरिक डिपोर्ट भई नेपाल फिर्ता आएका छन्। डिपोर्ट हुनेमध्ये सबैभन्दा बढी मलेशियाबाट ४९८ जना, संयुक्त राज्य अमेरिकाबाट ४६२ जना, संयुक्त अरब इमिरेट्सबाट ३२३ जना, दक्षिण कोरियाबाट २५७ जना र जापानबाट १२८ जना रहेका छन्।

सम्बन्धित मुलुकमा ओभरस्टे बसेको, अपराधमा संलग्न भई कैद सजायँ भुक्तान गरेको, भिसाविना गैरकानूनी रूपमा बसेको तथा अध्यागमन कानून विपरितका गतिविधि गरेको कारण उनीहरूलाई डिपोर्ट गरिएको विभागले जनाएको छ।

त्यसैगरी सन् २०२५ मा नेपालबाट कुल ५०१ जना विदेशी नागरिक डिपोर्ट भएका छन्। तीमध्ये ४३७ जना पर्यटक भिसामा १५० दिनभन्दा बढी समय ओभरस्टे बसेका थिए भने बाँकी ६४ जना विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ।

भिसाको उद्देश्यविपरित नेपालमा बसेको, लागूऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन तथा अभद्र व्यवहारजस्ता कसूरमा संलग्न भई सजायँ भुक्तान गरेपछि उनीहरूलाई डिपोर्ट गरिएको अध्यागमन विभागले स्पष्ट पारेको छ।

अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले अध्यागमन कानूनको कडाइका साथ कार्यान्वयन गरिँदै आएको र राष्ट्रिय सुरक्षा तथा कानूनी मर्यादा कायम गर्न निगरानी अझ प्रभावकारी बनाइने बताए।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : ३९ बजे

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका