ताप्लेजुङबाट उपमहासचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस « Khabarhub

ताप्लेजुङबाट उपमहासचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङले उपमहासचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

आज बसेको पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा भट्टराईसहित कोशी प्रदेशका सांसद एवं केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, युवा सङ्घका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य क्षितिज थेवे तथा कोशी प्रदेशका पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य टङ्क आङ्बोहाङको नाम सिफारिस गरेको हो ।

यस्तै, फुङ्लिङ नगरपालिका उपप्रमुख एवं जिल्ला कमिटी उपसचिव भिमादेवी ओझाको नाम पनि सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष दिपेन पोमुले जानकारी दिए । उपमहासचिव भट्टराई २०७४ र २०७९ सालको निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : २९ बजे

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको