बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा आज एक जनाको मृत्यु भएको छ ।

आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । बाघको आक्रमणबाट केही महिनाअघि कुसुममा एक जनाको ज्यान गएको थियो ।

प्रहरीका अनुसार गाई चराउन गएको बेला आज दिउँसो २ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जङ्गलमा उहाँमाथि बाघले आक्रमण गरेको थियो । भण्डारीसँगै गाई चराउन गएका स्थानीय पिमलाल डाँगीले बाघले एक्कासि आक्रमण गरेर लगेको जानकारी गराभएको प्रहरीको भनाइ छ ।

भण्डारीसँगै रहेका अन्यलाई पनि बाघले आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

घटनापछि बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतको टोली जङ्गलमा पुगेको थियो । बाघले आक्रमण गरेको उक्त क्षेत्र पूर्वपश्चिम राजमार्गको सौरी खोलादेखि उत्तरतर्फ रहेको छ । प्रहरीका अनुसार भण्डारीको शव नजिकै ५० मिटरको दूरीमा एउटा गाईलाई समेत बाघले आक्रमण गरेर मारेको थियो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : ५६ बजे

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने