बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा आज एक जनाको मृत्यु भएको छ ।

आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । बाघको आक्रमणबाट केही महिनाअघि कुसुममा एक जनाको ज्यान गएको थियो ।

प्रहरीका अनुसार गाई चराउन गएको बेला आज दिउँसो २ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जङ्गलमा उहाँमाथि बाघले आक्रमण गरेको थियो । भण्डारीसँगै गाई चराउन गएका स्थानीय पिमलाल डाँगीले बाघले एक्कासि आक्रमण गरेर लगेको जानकारी गराभएको प्रहरीको भनाइ छ ।

भण्डारीसँगै रहेका अन्यलाई पनि बाघले आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

घटनापछि बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतको टोली जङ्गलमा पुगेको थियो । बाघले आक्रमण गरेको उक्त क्षेत्र पूर्वपश्चिम राजमार्गको सौरी खोलादेखि उत्तरतर्फ रहेको छ । प्रहरीका अनुसार भण्डारीको शव नजिकै ५० मिटरको दूरीमा एउटा गाईलाई समेत बाघले आक्रमण गरेर मारेको थियो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : ५६ बजे

अशान्त विश्वमा ‘सही छनौट’ गर्न दक्षिण कोरियासँग चीनको आग्रह

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिण कोरियाका राष्ट्रपति ली

टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक (तस्बिरहरू)

काठमाडौं- सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

काठमाडौं– नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका

चुनाव नहुँदै अतिउत्साहित रवि, स्वर्णिमलाई भने- आगामी वर्षको बजेट लेख्न थाल्नू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ को