मादुरोको तस्बिर सार्वजनिक गर्दे ट्रम्पले भनेः सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ « Khabarhub

मादुरोको तस्बिर सार्वजनिक गर्दे ट्रम्पले भनेः सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन् । ट्रम्पले साझा गरेको तस्बिरमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार रहेको दाबी गरेका छन्।

ट्रम्पले यसअघि एक अन्तर्वार्तामा पनि यही जहाजमार्फत मादुरोलाई अमेरिका ल्याइँदै गरेको बताएका थिए। सोही दाबीलाई बल पुग्ने गरी उनले अहिले तस्बिर सार्वजनिक गरेका हुन्।

सार्वजनिक तस्बिरमा मादुरोजस्तै देखिने एक व्यक्ति देखिन्छन्, जसको आँखामा मास्क र कानमा हेडफोन लगाइएको छ। उनी खैरो रङको ट्र्याकसुटमा रहेका छन् र सुरक्षाकर्मीको निगरानीमा रहेको जस्तो देखिने दृश्य तस्बिरमा देख्न सकिन्छ।

ट्रम्पको यो पोस्टपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। कतिपयले यसलाई राजनीतिक दबाब सिर्जना गर्ने प्रयास भनेका छन् भने कतिपयले तस्बिरको वास्तविकता र समयबारे प्रश्न उठाएका छन्।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ११ : २६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन