मादुरोको तस्बिर सार्वजनिक गर्दे ट्रम्पले भनेः सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ « Khabarhub

मादुरोको तस्बिर सार्वजनिक गर्दे ट्रम्पले भनेः सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन् । ट्रम्पले साझा गरेको तस्बिरमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार रहेको दाबी गरेका छन्।

ट्रम्पले यसअघि एक अन्तर्वार्तामा पनि यही जहाजमार्फत मादुरोलाई अमेरिका ल्याइँदै गरेको बताएका थिए। सोही दाबीलाई बल पुग्ने गरी उनले अहिले तस्बिर सार्वजनिक गरेका हुन्।

सार्वजनिक तस्बिरमा मादुरोजस्तै देखिने एक व्यक्ति देखिन्छन्, जसको आँखामा मास्क र कानमा हेडफोन लगाइएको छ। उनी खैरो रङको ट्र्याकसुटमा रहेका छन् र सुरक्षाकर्मीको निगरानीमा रहेको जस्तो देखिने दृश्य तस्बिरमा देख्न सकिन्छ।

ट्रम्पको यो पोस्टपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। कतिपयले यसलाई राजनीतिक दबाब सिर्जना गर्ने प्रयास भनेका छन् भने कतिपयले तस्बिरको वास्तविकता र समयबारे प्रश्न उठाएका छन्।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ११ : २६ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका