‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक, रणवीर सिंह आक्रामक अवतारमा « Khabarhub

‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक, रणवीर सिंह आक्रामक अवतारमा


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड सुपरस्टार रणवीर सिंहको चर्चित एक्सन फिल्म ‘धुरंधर’ को सफलतापछि यसको दोस्रो भाग ‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। फ्यानहरूको उत्साहबीच आज निर्माताले पोस्टर सार्वजनिक गरेका हुन्।

पोस्टर सार्वजनिक हुनु अघि नै रणवीर सिंहले यसलाई आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत सेयर गर्दै फ्यानहरूमा उत्सुकता बढाएका थिए। उनले पोस्टरसँगै यसलाई आफ्नो ‘बदला (रिभेन्ज)’ को कथा भन्दै क्याप्सन लेखेका छन्। पोस्टरमा रणवीर सिंह बोल्ड र इन्टेन्स लुकमा देखिएका छन्, जसले दोस्रो भागमा अझै शक्तिशाली एक्सन र गहिरो कथाको संकेत गर्छ।

‘धुरंधर’ सन् २०२५ को डिसेम्बर ५ मा रिलिज भएको थियो। दमदार कथा, प्रभावशाली अभिनय र एक्सनका कारण फिल्मले बक्स अफिससँगै दर्शकमाझ पनि राम्रो प्रतिक्रिया पाएको थियो। रिलिजपछि दुई महिना बित्न लाग्दा पनि फिल्मको चर्चा कायमै छ। कलाकारहरूको कडा मेहनत र आक्रामक प्रमोसनले फिल्मको सफलतामा ठूलो भूमिका खेलेको मानिन्छ।

पहिलो भागको शानदार सफलतापछि दर्शकहरू ‘धुरंधर २’ को प्रतीक्षामा थिए। पोस्टरले हेर्दा दोस्रो भाग पहिलोभन्दा अझ ठूलो र आक्रामक हुने अनुमान गरिएको छ। आदित्य धरको निर्देशनमा बनेको ‘धुरंधर २’ आगामी मार्च १९ मा सिनेमाघरमा प्रदर्शन हुने निर्माताले पुष्टि गरेका छन्।

फिल्ममा रणवीर सिंहसँगै संजय दत्त, अर्जुन रामपाल, आर। माधवन, राकेश बेदी र सारा अर्जुनजस्ता चर्चित कलाकारहरू महत्वपूर्ण भूमिकामा देखिनेछन्। विशेषगरी रणवीर सिंहलाई हमजा अली मजारीको भूमिकामा हेर्न फ्यानहरू निकै उत्साहित देखिएका छन्।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  १२ : ४६ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम