बाँकेमा आठ हजार बढीलाई एचपीभी खोप लगाइँदै « Khabarhub

बाँकेमा आठ हजार बढीलाई एचपीभी खोप लगाइँदै


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज- बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपीभी खोप लगाइने भएको छ । आज यहाँ भएको खोप समन्वय समिति, बाँकेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले सो जानकारी दिए । 

उनका अनुसार जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कुल आठ हजार ५८४ जनालाई एचपीभी खोप लगाइने छ । त्यसमध्ये पनि राप्तीसोनारी गाउँपालिकामा ७२०, कोहलपुर नगरपालिकामा एक हजार ७०६, बैजनाथ गाउँपालिकामा ८८०, एक हजार १९, जानकी गाउँपालिकामा ६७२, नेपालगन्ज उपमहानगरपालिकामा दुई हजार ४२४, डुडुवा गाउँपालिकामा ४४१ र नरैनापुर गाउँपालिकामा ७२१ जनालाई खोप लगाइने छ । 

खास गरी कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू, विद्यालय नजाने १० वर्षीया किशोरी र गत वर्ष सञ्चालित एचपीभी खोपका लागि निर्धारण लक्षित समूह किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको छ । 

‘यो खोपले एचपीभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्छ,’ प्रमुख पौडेलले भने। नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको जानकारी दिए। 

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप चिकित्साको क्षेत्रमा ठूलो उपलब्धि भएको उल्लेख गरे। 

जिल्लामा यही माघ २५ देखि फागुन ४ गतेसम्म लगाइने सो खोप राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा २६ गतेदेखि मात्रै लगाउन सुरु गरिने छ । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो ।  

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ४ : ०१ बजे

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको