दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी « Khabarhub

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो वार्म–अप खेलमै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई पराजित गरेको छ ।

मंगलबार चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले सहजै हराउँदै विश्वकप यात्राको सुरुवात जितसँगै गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी नायक बने। संकटपूर्ण अवस्थामा रहेको नेपाललाई उनीहरूले शतकीय साझेदारी गर्दै जितको नजिक पुर्‍याए ।

आरिफले ३७ बलमा अविजित ६१ रनको शानदार इनिङ खेले भने दीपेन्द्रले ३१ बलमा अर्धशतक पूरा गर्दै ५० रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए । नेपालका बलरहरू पनि प्रभावशाली देखिए । करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

अब नेपालले दोस्रो वार्म–अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपको पहिलो औपचारिक खेल भने नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : ५१ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले