दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी « Khabarhub

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो वार्म–अप खेलमै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई पराजित गरेको छ ।

मंगलबार चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले सहजै हराउँदै विश्वकप यात्राको सुरुवात जितसँगै गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी नायक बने। संकटपूर्ण अवस्थामा रहेको नेपाललाई उनीहरूले शतकीय साझेदारी गर्दै जितको नजिक पुर्‍याए ।

आरिफले ३७ बलमा अविजित ६१ रनको शानदार इनिङ खेले भने दीपेन्द्रले ३१ बलमा अर्धशतक पूरा गर्दै ५० रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए । नेपालका बलरहरू पनि प्रभावशाली देखिए । करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

अब नेपालले दोस्रो वार्म–अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपको पहिलो औपचारिक खेल भने नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : ५१ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु