बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा « Khabarhub

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सञ्चालन हुन लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

माघ २२ गते हुने उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब (धरान) र जर्जियन फुटबल क्लब (भारत) बीच प्रतिस्पर्धा हुने अध्यक्ष प्रताप तामाङले बताए ।

त्यसैगरी माघ २३ गते रोयल थिम्पु फुटबल क्लब (भुटान) र झापा–११ फुटबल क्लब (झापा)बीच खेल हुनेछ । माघ २४ गते प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ) र न्यू रोड टिम (काठमाडौँ) बीच प्रतिस्पर्धा हुने छ । माघ २५ गते नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुनेछन् ।

यस्तै, माघ २७ गते झापा–११ र रोयल थिम्पुबीचको विजेतासँग सातदोबाटो युथ क्लबले खेल्ने छ भने, माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुने अध्यक्ष तामाङले जानकारी दिए। धरान फुटबल क्लबको आयोजनामा सञ्चालन हुँदै आएको प्रतियोगिता गत वर्ष आठ टोलीको सहभागिता रहेकोमा यस वर्ष १० टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५–२५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ९ : ४२ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००