आज २०८२ साल फागुन १९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन १९ गते मंगलबारको राशिफल


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन शुक्ल पक्षको पुर्णिमा तिथि । आज तराईमा होली, खण्डग्रास चन्द्र ग्रहण, विश्व वन्यजन्तु दिवस परेका छन् । तदनुसार सन् २०२६ मार्च ३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । बोलीको प्रभावले राम्रो काम बन्नेछ । उपचारमा भए रोगबाट मुक्त हुने दिन छ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारबाट सुख मिल्नेछ । खर्च भने बढ्ने देखिन्छ ।

वृष : राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सहज छ । साथीभाइले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । परिवारमा सम्बन्ध सुमधुर बन्नेछ । प्रेम बढ्ने योग छ ।

कर्कट : आजको निर्णय दीर्घकालीन बन्ने योग छ । व्यापारमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

सिंह : अप्रिय शब्दले मन अशान्त बन्नेछ । राजनीतिक क्षेत्रमा विपक्षी साथीको प्रतिवाद सुन्नुपर्ने हुनसक्छ । ठुलो लगानीमा परिवारको तर्फबाट मात्र रकम खर्च गर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्ने योग छ ।

तुला : परिवारको साथमा घुम्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या देखिने जोखिम छ । आज विपक्षी साथीबाट प्रशंसा सुन्न सकिने छ ।

वृश्चिक : एकल निर्णय नगर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ । गोपनीयता भंग नगर्नु उचित हुन्छ । परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ ।

मकर : दिन सामान्य छ । सोचेका काममा अवरोध सिर्जना हुनेछ । आफ्ना भनिएका भन्दा विपक्षी साथीले सहयोग गर्नेछन् । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कुम्भ : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा काम सफल बन्नेछ । सञ्चित धन खर्च हुने दिन छ । परिवारको सल्लाह लिएर अगाडि बढ्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।

मीन : गोप्य कुरा साथीलाई सुनाएमा घाटा हुने जोखिम छ । परिवार भित्र खेल्ने मान्छेले दु:ख दिने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ । सेवा गर्दा मन शान्त बन्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ५ : २१ बजे

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा